• जीवनशैली | Jiwanshaili
  • गाँजासहित पक्राउ


    स्कारपियो गाडीमा लुकाइछिपाइ राखिएको प्रतिबन्धित लागुऔषध गाँजासहित मकवानपुर प्रहरीले आज दुईजनालाई पक्राउ गरेको छ । ६५ किलो गाँजासहित बा ११ च ९५०९ नम्बरको स्कारपियो गाडी हेटौँडा उपमहानगरपालिका १९ नेवार पानीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
    पक्राउ पर्नेमा चितवनको भरतपुर महानगपालिका–२० चनौली बस्ने ३८ वर्षीय रोशन परियार र मकवानपुरको राक्सिराङ गाउँपालिका–६ बस्ने ४३ वर्षीय ललिततामाङ रहेका छन् । मनहरिबाट हेटौँडा आउँदै गरेको गाडी जाँच गर्दा उक्त गाडीमा लुकाइछिपाइ ल्याएको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार