मानव बेचबिखन विरुद्धको विश्व दिवसमा शान्ति फाउन्डेसनको अन्तरक्रिया
मानव बेचबिखन विरुद्धको विश्व दिवस (जुलाई ३०) लाई मध्यनजर गर्दै शान्ति फाउन्डेसनले अनलाइनमार्फत बिहिबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ‘प्रभावितको आवाजले नेतृत्व गर्दछ’ भन्ने नाराका साथ उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
‘टियर फाउन्डेसन’ र ‘एसिया फाउन्डेसन’को सहकार्यमा शान्ति फाउन्डेसनले बिहिबार मानव बेचबिखनमा परेका र एचआइभी संक्रमित भएका व्यक्तिहरुले समाजमा भोग्नुपरेका कुरालाई न्यूनीकरण गर्ने कुरामा स्थानिय सरकारको भूमिकाका विषयमा कुरा उठाएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बाग्मति प्रदेशका सामाजिक बिकास मन्त्री माननीय सरस्वति बस्नेतले मानव बेचबिखनमा परेका तथा एचआईभी सङक्रमित भएका व्यक्तिहरुका लागि सरकारले बजेट विनियोजन गर्ने र मानव बेचबिखनजस्ता जघन्य अपराधहरू न्युनीकरण गर्न शान्ति फाउन्डेसनजस्ता सस्थाहरू सँग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
बिहान ११ बजेबाट सुरु भएको कार्यक्रममा शान्ति फाउन्डेसनकी कार्यकारी निर्देशक तामाङले एचआईभी सङक्रमित भएका व्यक्तिहरुले समाजमा भोग्नु परेको तिता अनुभवबारे छलफल गरेकी थिइन् । ‘म मानव बेचबिखन प्रभावित हुँ र एचआईभि सङक्रमित पनि हुँ’ भन्ने मुद्दाका साथ अघि बढेको तामाङले प्रष्ट पारिन् । उनले स्थानीय सरकारसँग समन्वय गरी मानव बेचबिखनजस्ता जघन्य अपराध कम गराउनको लागि जिल्ला स्तरिय, नगर स्तरिय तथा वडा स्तरिय समितिहरु गठन गरिरहेको बताएकी छन् ।
शान्ति फाउन्डेसनकी सस्थांपक विकास–अधिकृत कान्ति तामाङले मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा गरिएको मानव बेचबिखन, यौन तथा लैगिङ हिंसाका बारेमा तयार पारिएको प्रतिवेदन प्रस्तुत गरेकी छन् । उनले उक्त प्रतिवेदनमा राक्सिराङ गाउँपालिकाका महिलाहरुले भोगिरहेको शारिरिक तथा मानसिक हिसांलाई प्रष्ट पारेकी छन् ।
कार्यक्रममा मानव बेचबिखनमा परेका तथा एचआईभी सङ्क्रमित भएका व्यक्तिहरुले आफुले भोग्नु परेको दुर्व्यवहार र पीडा पोखेका थिए ।
अन्त्यमा शान्ति फाउन्डेसनकी कोषाध्यक्ष चुरा माया केसीले नेपालमा अझैपनि आफू काँ छु ? के गारिरहेकी छु र पासपोर्ट कस्तो हुन्छ भनेर थाहा नपाउने महिलाहरू रहेको र उनीहरुको लागि आफूहरुले सहयोग गरिरहेको बताइन् ।
शान्ति फाउण्डेसन एचाआइभी संक्रमितहरुको पुनस्थापना तथा ग्रामीण महिलाको सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएको संस्था हो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस