आज अन्तर्राष्ट्रिय मित्रता दिवस: यस कारण चाहिन्छ साथी
काठमाडौं । आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइदै छ । प्रत्येक बर्ष अंग्रेजी महिना अगस्ट महिनाको पहिलो आइतबार मनाउने गरिन्छ ।
आफ्ना हितैषी मित्रहरुसंग एक आपसमा उपहार र शुभकामना आदान प्रदान गरि मनाउने प्रचलन छ । मित्र र मित्रताप्रति समर्पित हुने यो दिवस अमेरिकामा सन् १९३५ देखि मनाउन शुरु गरिएको हो तर अहिले आएर यो बिश्वभरि नै मनाउने गरिन्छ । यो दिवसलाई संयुक्त राष्ट्रसंग संघले अन्तर्राष्ट्रिय मित्रता दिवसको रुपमा मान्यता दिईसकेको छ ।
पछिल्लो केहि बर्ष यता नेपालमा पनि साथीभाईसंग भेटघाट तथा शुभकामना आदानप्रदान गर्दै यो दिवस मनाउने क्रम बढ्दै गएको छ । अहिलेको व्यस्त जीबनमा मानसिक तनाब र समस्याबाट छुटकारा पाउन मित्रतारुप औषधिले शान्ति प्रदान गर्दछ । यस कारण संसारमा सायदै यस्तो होला जसको कोहि मित्र नहोस र कहिले मित्रता नगरेको होस् यो दिवसको प्रमुख उदेश्य भनेको पनि साथीहरुसंग सम्बन्ध मजबुद बनाउनु र मानसिक तनाबबाट छुटकारा पाउनु हो ।
साथीको महत्व
पारिवारिक सम्बन्ध बाहेक पनि हामीलाई हरपल साथ दिदैँ हाम्रो हात समाएर र साथ निभाएर हरेक पाइला चाल्न उचित सहयोग र मार्गदर्शन गर्ने साथी हुन्छ ।
हरेक परिस्थितिमा हामीलाई साथ दिने व्यक्तिहरुलाई हामी साथी भनेर सम्बोधन गर्ने गछौँ । साथीको उपस्थितिले हाम्रो मनमा उमंग र हर्ष भर्ने मात्र नभएर हामी भित्र उर्जा भरिदिन्छ । साथीबिनाको हाम्रो जीवन कल्पना गर्न योग्य नै हुँदैन । जीवनकालमा केहि परिस्थिति, केहि कारणले हामीसँग जोडिन पुग्ने हाम्रा साथीहरु कोहि हाम्रो बोली, कोहि व्यवहार, कोही मिल्दो सोच या कोहि यतिकै प्रवाभित भएका हुन्छन् । हामी भित्र गुम्सिएर बसेका कुरा सुनि दिने र सुझाव दिएर हाम्रो समस्या समाधान गर्न मद्दत गर्ने पनि साथी हुन्छन् । मनको साइनोले हामीसँग जोडिएका व्यक्ति हुन् साथी ।
साथीको बयान शब्दमा गर्न सकिंदैन । तर पनि हरेकको जीवनमा साथीको महत्वलाई यसरी समिक्षा गर्न सकिन्छ ।
१. मानसिक र शारीरीक रुपले मजबुद रहन
असल साथीसँग विताइएको केहि समयले पनि हामीमा बेग्लै फुर्ति भर्नुका साथै हामीलाई स्वास्थ्य रहन पनि मद्दत पु¥याउँछ । साथीहरु सँगै हुनाले रोग चाडो निको हुने एक अध्ययनले देखाएको छ । साथीभाई नजिक हुँदा तनावबाट छुट्कारा पाउन सकिन्छ । साथै असल निर्णय गर्न पनि एक असल साथीको साथले मद्दत पुग्छ ।
२. एकान्त कम गर्न
एकान्तमा हामी चाहिने भन्दा निकै सोचेर आफैलाई हानी पु¥याइराखेका हुन्छौँ । यस्तो समयमा हामीलाई बुझ्ने र सो अनुरुप सुझाव दिने व्यक्तिहरु आवश्यक पर्छन । केहि आफ्ना समस्याहरु प्रिवार भन्दा पनि साथीभाईलाई बताउन सहज हुन्छ । त्यस्तो समयमा साथीको कमिले हामीलाई झन पिरोल्छ । त्यसैले साथीले एकान्त हटाउन पनि मद्दत गर्छन ।
३.जीवनलाई रमाइलो बनाउन
साथीले हाम्रो जीवनमा खुसीको अनेकौँ रङ्ग भरिदिन्छन् । साथीको उपस्थितिले परिवारको कमि महशुश हुन दिँदैन त्यसैले परिवारबाट टाढा बस्ने व्यक्तिहरु प्राय साथीको निटक बस्न रुचाउँछन् । साथीले माया, साथ, केयर गर्ने साथै निर्णय लिन मद्दत गरेर अघि बढ्न मद्दत गर्ने हुनाले सधै आफू वरपर असल साथीहरुलाई राख्नुपर्छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस