कर्णाली नदीमा जिप खस्दा दुई जना बेपत्ता
कैलाली । कैलालीको कर्णाली नदीमा स्कारपियो जिप खस्दा दुई जना बेपत्ता भएका छन्।
पाँच जना सवार रहेको स्कारपियो नदीमा खस्दा २ जना बेपत्ता भएको बताउँदै खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।
डोटीको आदर्श गाउँपालिकाका चन्द्रप्रकाश जोशीले चलाएको स्कारपियो चिसापानीदेखि सोल्टा जाने सडक खण्डको बाँकामा पल्टिएको प्रहरीले जनाएको छ । जोशी आफ्नो परिवारसहित नेपालगञ्जबाट उपचार गरेर घर फर्किने बेला चिसापानी घुम्नेक्रममा स्कारपियो कर्णालीमा खसेको हो । गाडीमा सवार १२ वर्षीया लक्ष्मी जोशी, ४ वर्षीया सावित्रि जोशी र ३ वर्षीय भुवन जोशीको उद्दार गरिएको छ भने चन्द्रप्रकाश र रुपी जोशी बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी अधिकारीले बताए ।
प्रहरीका अनुसार घटनास्थलमा भेटिएको कागजपत्रमा गाडी नम्बर बा ११ च ९३८ नम्बर उल्लेख भएको छ। उद्दार गरिएका तीनै जनाको अवस्था जटिल रहेकोले उनीहरुलाई उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस