विद्यालयलाई ६० थान कम्प्युटर सहयोग
दक्षजनशक्ति उत्पादनमा सहयोग पुर्याउन उद्देश्यले ‘डिट्रोइट म्याराथुन २०२० र एशोसिएशन अफ नेप्लिइज मिडवेस्ट अमेरिका’ (अन्मा) ले सप्तरी र सिरहाका तीन विद्यालयका लागि आज ६० थान कम्प्युटर, तीन थान प्रिन्टर र तीन थान प्रोजेक्टर प्रदान गरेको छ ।
अन्माले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडीस्थित राजेन्द्रदेवकी माध्यमिक विद्यालय तथा सिरहाको जनता चेथरु जितेन माध्यमिक विद्यालय कविलासी र जनता माध्यमिक विद्यालय सुखिपुरलाई २०-२० थान कम्प्युटर, १-१ थान प्रिन्टर र प्रोजेक्टर प्रदान गरेको हो ।
विद्यार्थीलाई सूचना प्रविधिमा पहुँच पुर्याइ दक्षजनशक्ति उत्पादनमा सहयोग पुर्याउने उद्देश्यले तीनवटै विद्यालयमा उक्त सामग्री हस्तान्तरण गर्दै कम्प्युटर ल्याबको उद्घाटन गरिएको छ । हाल अमेरिका बस्दै आएका तेह्रथुमका डा ओमप्रसाद दहालले शुरु गरेको अन्माको सहकार्यमा विश्वका विभिन्न देशमा बसोबास गर्दै आएका नेपालीसहितका व्यक्तिको सहयोगमा विद्यालयलाई कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर प्रदान गरिएको अन्माका प्रतिनिधि कुन्दन शर्मा मिश्रले जानकारी दिए ।
तिलाठी कोइलाडीस्थित विद्यालयमा आयोजित हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह र अन्मा प्रतिनिधि मिश्रले संयुक्त रूपमा कम्प्युटर ल्याबको उद्घाटन गरे । कम्प्युटर ल्याबको स्थापनाले सूचना प्रविधिमा विद्यार्थीको पहुँच पुग्ने अध्यक्ष सिंहले बताए ।
कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका कार्यक्रम अधिकृत राजेशकुमार झा, अन्माका प्रतिनिधि ई सुरेन्द्रकुमार साह, नेत्रप्रसाद गुरागाई, विद्यालयका प्रधानाध्यापक दीपेन्द्र झासहितकाले कम्प्युटर ल्याबले बालबालिकाको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा आन्माका प्रतिनिधिलाई विद्यालयले सम्मान प्रदान गरेको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस