यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते
बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा५ख १५५३ नंको रात्रि बस ब्रेक फेल भई सडकको भित्तामा ठक्कर खादा ११ जना घाइते भएका छन् ।
घाइते सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । बसमा सवार चालकसहित २२ जनामध्ये ११ जना घाइते भई उपचारका लागि धौलागिरि अस्पताल बागलुङ ल्याइँदै छ । सवारी चालक गलकोट–१ काफलवुटा बस्ने ५२ वर्षीय चित्रबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस