परीक्षा बिग्रिएको भन्दै युवतीले गरिन् सुसाइड नोट’ लेखेर आत्महत्या
सुर्खेतकी एक युवतीले परीक्षा बिग्रिएको भन्दै ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी छन्। पश्चिम पञ्चपुरी नगरपालिका वडा नं. ८ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी बिमला कँडेलले कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन्।
जल तथा मौसम विज्ञान कार्यालयको भवनभित्र झुण्डियर आत्महत्या गरेकी २९ वर्षीया कँडेलले आत्महत्या गर्नुअघि ‘सुसाइड नोट’ समेत लेखेको प्रहरीले बताएको छ।
प्रहरी स्रोतका अनुसार ‘सुसाइड नोट’मा उनले बीबीएस प्रथम वर्षको परीक्षा बिग्रिएको भन्दै आत्महत्याको बाटो रोज्नुपरेको कुरा लेखिएको देखिन्छ।
मृतक कँडेलको शवको पोस्टमार्टम भए पनि अहिलेसम्म रिपोर्ट भने आइनसकेको प्रहरीले बताएको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस