सन्तानेश्वर महादेव मन्दिर परिसरमा बेलका बिरुवा रोपण
गोदावरी नगरपालिका–ं १३ स्थित सन्तानेश्वर महादेव मन्दिर परिसरमा साउनको तेस्रो सोमबार बेलका बिरुवा रोपिएका छन् ।
विसं २०६९ देखि हरेक वर्ष साउनको दास्रो सोमबार विभिन्न जातका फलफूल तथा औषधिजन्य बिरुवा रोप्ने गरिएकामा आज ५४ बेलका बिरुवा रोपिएको मन्दिर संरक्षण समितिका अध्यक्ष विनोद खडकाले बताए ।
उनले भने, “यसअघि कटुस, रुद्राक्ष, अमलालगायत ३५ जातका बिरुवा रोपेर हुर्काइरहेका छाैँ । यसवर्ष भने भगवान् भोलेनाथको प्रिय बस्तु बेल रोप्याैँ । यस स्थानको हावापनीमा राम्ररी बेल हुर्किए अर्को ५४ थप गरी १०८ बोट पु¥याउने योजना छ”।
मन्दिर परिसरमा १५० रोपनी जमिन रहेकाले दैनिक खर्च व्यवस्थापनका लागि फलफूल तथा औषधिजन्य बिरुवाको उत्पादनमा जोड दिइएको छ ।
सतीदेवीको माथिल्लो ओठ पतन भएर उत्पति भएको सन्तानेश्वरको प्राकृतिक स्वरुपको दर्शन गरे सन्तान प्राप्त हुने धार्मिक मान्यताले कोरोना महामारीको बेवास्ता गर्दै बिहानै देखि श्रद्धालुभक्तजन मन्दिर भित्रिरहेका पुजारी गङ्गाराम गौतमले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस