• जीवनशैली | Jiwanshaili
  • एसिड आक्रमणको पीडा : सवा करोड खर्च हुँदा सरकारबाट शुन्य


    मकवानपुर / हेटौंडा उपमहानगरपालिकाकी वर्षीय विन्दवासिनी कंसाकार अहिले २८ बर्षकी भईन् । सानैदेखि आफ्नो बाुवाको व्यवसायमा रुचि राख्ने उनी ८ बर्ष पहिले आफ्नै पसलमा बसिरहेकी थिइन् ।

    उनको बुवाको आफ्नै घरमा भाँडाकुँडाको व्यवसाय छ । कक्षा १२ मा अध्ययनरत उनी फुर्सदको समयमा बुवासँगै पसलमा हुन्थिन् । २० बर्षको उमेरकी कंसाकारको आफ्नै पसलमा बसिरहेकै अवस्थामा उनीमाथी २०७० वैशाख ९ गते एसिड आक्रमण भयो ।फूपूका छोराको मिल्ने साथीको रूपमा परिचय भएको भारतीय नागरिक दिलिपराज केशरीसँग बिन्दबासिनीको पहिलो भेट उनै फूपूको छोराको विवाहमा भएको थियो । त्यसपछि कहिलेकाहीँ फाट्टफुट्ट भेट छोराको विवाहमा भएको थियो । त्यसपछि कहिलेकाहीँ फाट्टफुट्ट भेटबढी नजिकिन खोज्ने स्वभावको केशरी त्यसपछि हेटौँडाको मेनरोडमा अवस्थित बिन्दबासिनीको पसलमा पनि आउन थाल्यो ।

    कलेज जाँदा, ट्युसन जाँदा पनि बाटो ढुकेर बस्ने र पछ्याउन थाल्यो । अनावश्यक फोन गर्न थाल्यो । फोनबाटै प्रेम प्रस्ताव राख्न भ्याएको केशरीले एक दिन त विन्दवासिनीलाई विवाहको प्रस्ताव समेत राख्यो । केशरीलाई विन्दवासिनीले आफू ऊसँग विवाह गर्न नसक्ने कुरा बताउँदै सम्झाउने प्रयास गरिन तर, उसले आफूलाई त्यसैगरी प्रस्तुत गर्दै थियो ।

    २०७० वैशाख ९ गते ममीबुबाको विवाह भएको दिनलाई भव्य बनाउने तयारी हुँदै थियो । त्यतिबेला एकाएक पसल अगाडि केशरी देखा प¥यो, विन्दवासिनीले नदेखेझैँ गरिन् । महको सानो भाँडोमा एसिड लिएर आएका केशरीले बिर्को खोलेर उनको अनुहारमा छ्यापेर केशरी त्यहाँबाट भाग्यो । विन्दवासिनीको चिच्याहट सुनेर बुबा, आमा, दाइ आत्तिँदै आए ।

    छोरीको अनुहारमा कसैले तेजाब खन्याइ दिएको थाहा  पाएका बाबुले रुँदै कराउँदै पानी खन्याउन थाले । त्यो पल सम्झँदा अहिले पनि अत्यास लाग्ने बिन्दबासिनी सुनाउँछिन् । सानै उमेरमा चोट, हण्डर र ठक्करको सामना गर्न पुगेकी विन्दवासिनी कंसाकार मास्क, स्काप, चस्मा अनि क्याप लगाएर हेटौंडाको सडकमा हिडेको देख्नेहरु दोहो¥याएर वा तेहे¥याएर हेर्ने गर्थे । कतिपय दयाभाव देखाउँथे । र सहानुभूति पनि दिन खोज्थे । तर , विन्दवासिनीलाई नत दयाभावको खाँचो, नत सहानुभूतिको नै अपेक्षा राखिन् । आत्मविश्वास सहित लक्ष्य प्राप्तिका लागि यात्रारत विन्दवासिनीको आत्माबिश्वासले सार्थक पाएको छ ।

    एक भारतीय नागरिकको विवाहको प्रस्ताव अस्वीकार गर्दा ८ वर्ष अघि तेजाव आक्रमणमा परी शारीरिक एवं मानसिक चोटले गम्भिर बनेकी विन्दवासिनी न्याय प्राप्तिको लडाइँमा अनवरत लडिरहिन् । अन्ततः एक बर्ष अघि उनको पिडाले न्याय पाएको छ ।

    एसिड छ्यापेर भागेका भारतीय नागरिक दिलिपराज केशरी र एसिडका कारण अनुहार मात्रै होइन जिन्दगी नै बिग्रेपछि न्यायको पर्खाइमा रहेकी बिन्दबासिनीको घाउको दुखाई निको हुन त लामो लाग्यो । तर केशरीलाई प्रक्राउ गरेर कानुनको दायरामा उभाइएपछि भने भित्री मनको पिडा निकै हलुङ्गगो भएको उनको भनाइ छ ।

    कक्षा १२ मा पढ्दा एसिड आक्रमणको शिकार हुन पुगेकी बिन्दबासिनी भारतमा गएर उपचार गराउँदै पनि आफ्नो पढाईलाई भने बिचमा रोक्न चाहिनन् । मनमा आँट र आत्माबिश्वासले उनलाई कहिले कमजोर महशुस हुनै दिएन । पढाई पहिलेको जस्तै गरी निरन्तर अघि बढाउन केही समस्या त थपियो । किनकी उनी उपचारको लागि पटक/पटक भारत जानैपर्ने थियो ।

    तर पनि उनले अब म सकिएँ । अब पढेर के नै गर्नु छ र । जस्ता सोच कहिल्यै बनाइनन् । र बि.बि.एस सकाउने दौरानमा रहेको उनको भनाइ छ ।

    बिन्दबासिनीको आँट र आत्माबिश्वास देखेर धेरै खुसी लाग्ने गरेको उनको बुवा मधुसुदन कंसाकार बताउँछन् । कमजोर केटी भएकी भए आज हाम्रो माझ मेरी छोरी नहुन पनि सक्थिन् होला । मन बहलाउँथिन् होला । तर आँटिली भएकी कारण उसले न्याय पाएकी छिन्, मधुसुधनले भने । बिन्दबासिनी कै आँटिलो पनका कारण कंसाकार परिवार खुसी छन् ।

    छोरीलाई एसिडले पोलेको पिडा बिन्दबासिनीको मुस्कानले कम गरिदिने गरेको उनका बुवा मधुसुदनले बताए ।

    नेपाल सरकारले एसिड पिडितलाई उपचार खर्च वापत्को रकम उपलब्ध गराउने  घोषणा गरेको थियो । त्यसैले आफ्नी छोरीको उपचारको खर्च वापतको रकम पनि लिन पाइन्छकी भनेर अदालतमा विवरणहरु पेश गर्दा प्रतिक्रिया नआएको उनले गुनासो गरे । तत्कालिन प्रधानन्यायधिस अग्नि खरेल हुँदा आफुले प्रक्रिया पुर्याउँदा पनि जवाफ नआएको र प्रधानन्याधिस नै फेरिए पछि झन् कुरै हराएको कंसाकारले गुनासो गरेका छन् ।

    एसिडले पोलिएको छालाको उपचार गर्नको लागि हाल सम्म १ करोड १४ लाख ८५ हजार रुपैंया खर्च गरिसकेकी कंसाकार सरकारले एसिड पिडितलाई उपचारको लागि भनेर दिने घोषणा गरिएको राहत रकम नपाउँदा भने दुख लागेको बताउँछिन् । नियम बनाउने तर कार्यान्वयनमा ध्यान नदिने सरकारप्रति मन दुखेको बताउँदै कंसाकारले भनिन्  उपचारको लागि करोडौं रुपैंया खर्च गर्दा समेत सरकारबाट १ रुपैंया पनि सहयोग प्राप्त हुन सकेको छैन ।

    एसिड पिडितको न्यायको लागि बोलेका बाचाहरु पूरा भैदियो भने हामी जस्ता एसिड पिडितहरुलाई आत्माबिश्वास थप बढ्न सक्छ । जीवन जिउन थप उर्जा मिल्छ । यस बिषयमा सरोकारवाला निकायको भने ध्यान जान जरुरी रहेको सरोकारवाला निकायहरुले आवाज उठाउँदै आइरहेका छन् ।

     

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार