• जीवनशैली | Jiwanshaili
  • विकटको पीडा : किताब त बाड्यो तर पढाई अन्यौलमा


     

    म्कवानपुर÷मकवानपुर जिल्लाका विकट मानिने राक्सिराड्ड र कैलाश गाउँपालिकामा निजी बिद्यालयको तुलनामा सरकारी बिद्यालयहरु धेरै छन् ।

    सरकारले असार १ देखि नयाँ शैक्षिक सत्र सुरु गरेर भर्ना अभियान सञ्चालन गर्नको लागि सबै बिद्यालयहरुलाई निर्देशन दिएको थियो । त्यसैअनुरुप सबै बिद्यालयहरुले भर्ना अभियान र पुस्तक वितरण कार्यहरु असार महिनामा नै सम्पन्न गरिसकेका छन् । तर किताब बाँडेपनि ती किताबहरुको अध्ययन भने गराउन नसकिएको दुर्गम स्थानमा हुनुको पीडा शिक्षकहरुले सुनाउँदै आएका छन् ।

    असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गरेर जिल्लाका निजि तथा सारकारी बिद्यालयहरुले वैकल्पिक माध्यमबाट माध्यामिक तहसम्मको पठनपाठन गराइरहेका छन् । पढाईमात्रै होइन अनलाइन मार्फत परिक्षा समेत सञ्चालन गरिसकेको र कुनै बिद्यालयहरुमा परिक्षा गर्ने तयारीमा रहेको शहरी क्षेत्रका बिद्यालयहरुले जनाएका छन् ।

    भौतिक उपस्थिती नगराइ वैकल्पिक प्रणालीबाट पठनपाठन गराउनको लागि सरकारल निर्देशन दिएकोे छ । यसैअनुरुप मकवानपुर जिल्लाका केही सामुदायिक तथा निजी बिद्यालयहरुले पनि वैकल्पिक माध्यामबाट पठनपाठन सुरु गरिसकेका छन् भने केही बिद्यालयहरु शैक्षिक सत्र सुरु भएको झण्डै दुई महिना बितिसक्दा पनि अझै अलमलमा रहेको बिद्यालयका शिक्षकहरु बताउँछन् ।

    शहरी क्षेत्रका बिद्यालय र ग्रामिण भेगका बिद्यालयहरुमा बैकल्पिक प्रणालीको पढाई आकाश पातालको फरक रहेको ग्रामिण भेगका बिद्यालयका शिक्षकहरुले बताउँदै आएका छन् । बिद्यार्थीको अभिभावकसँग फोन गर्ने मोबाइल त नभएको केही ठाउँका बिद्यार्थीहरुलाई अनलाईन शिक्षा ‘आकाशको फल आँखा तरी मर’ भने झैं भएको छ ।

    कैलाश गाउँपालिकामा पनि सकाएको बताउँछन् । तर पढ्नको लागि भर्ना भएका ती बिद्यार्थीहरुलाई कसरी पढाउने भन्ने चिन्ताको बिषय बनेको प्राध्यापक रामएकवाल यादव बताउँछन् । वैकल्पिक प्रणलीको शिक्षा सञ्चालन गर्न उस्तै समस्या रहेको पालिकाका शिक्षकहरुले बताएका छन् । कैलाश गाउँपालिका २ छ्र्याङदुड्डमा रहेको श्री कमलादेवी माध्यामिक बिद्यालयका प्राध्यापक रामएकवाल यादव आफ्नो बिद्यालयमा भर्ना कार्यक्रम गरेको तर पढाई कसरी सञ्चालन गर्ने भन्ने चिन्ता सुरु भएको बताउँछन् ।

    पालिकाको शिक्षा शाखाबाट पनि कुनै निर्देशन नआएकाले भर्ना अभियान सकिए देखिको बन्द रहेको बिद्यालय सञ्चालन गर्न नसकिएको उनी बताउँछन् । ‘जिल्लामा कोरोना संक्रमण कम होला र बिद्यालय खोलेर आफ्ना बिद्यार्थीहरुलाई पठनपाठन गराउन सहज होला भन्ने प्रतिक्षामा छौं,’ प्राध्यापक यादवले भने । अझै केही समय कुरौं त्यसपछि कस्तो निर्देशन आउँछ त्यस्तै गर्ने सोचेका छौं, उनले भने ।

    वैकल्पिक प्रणालीको पढाइको लागि सोच्नै नपर्ने बताउँदै यादवले निषेधाज्ञा खुलेपछि सामाजिक दूरी कायम गरेर भौतिक रुपमा नै उपस्थित भएर पढाउनुको विकल्प केही नभएको बताए । गाउँमा इन्टरनेटको सुविधा कँही कतै नहुनाले गाउँका बिद्यालयमा अनलाईन कक्षा काम नलाग्ने प्राध्यापक यादवको भनाइ छ ।

    त्यस्तै जिल्लाको अर्को विकट मानिने राक्सिराड्ड गाउँपालिकाको ४ नम्बर वडामा रहेको श्री भिमसेन प्राथमिक बिद्यालयमा बुधबारदेखि भर्ना सुरु गरिएको छ । नयाँ भर्ना र पुस्तक वितरण बुधबारबाट सुरु गरिएको बिद्यालयका प्राध्यापक राम प्रसाद शाहले जानकारी दिए ।

    बिद्यार्थीहरुको नयाँ भर्ना त गरियो तर कक्षा सञ्चालन कसरी गर्ने भन्ने चिन्ताको बिषय बनेको बताउँदै प्राध्यापक साहले स्थानिय सरकारबाट वैकल्पिक माध्यमबाट पढाउन भनेको तर त्यसको लागि कुनै उचित व्यवस्थापन भने नगरिदिएको बताए ।

    उनले भने ः भौतिक रुपमा उपस्थित नभई जसरी सकिन्छ त्यसरी वैकल्पिक तरिकाले कक्षाहरु सञ्चालन गर्न भनेर निर्देशन त आएको छ । तर हाम्रो क्षेत्र गरिबीको चपेटामा रहेको क्षेत्र हो । बिद्यार्थीका अभिभावकसँग वैकल्पिक प्रणालीको शिक्षाको लागि आवश्यक स्रोत साधनहरु छैनन् । इन्टरनेटको पहँुच पनि छैन । डाटा किनेर पढ्न पनि सकिँदैन । यसको लागि हामीलाई स्थानिय सरकारले व्यवस्थापन मिलाइदिन जरुरी छ । कसरी पढाउने, कसरी सम्भव छ भन्ने बिषयमा छिट्टै छलफल हुन जरुरी छ । प्राध्यापक शाहका अनुसार माहामारीको समयमा बालबालिको भविष्यको बारेमा स्थानिय सरकार जिम्मेवार हुन पर्ने देखिन्छ । बिद्यार्थीहरुले जानेका शिक्षा पनि बिर्सिसक्ने अवस्था रहेको भन्दै शिक्षकहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

    मकवानपुर जिल्लाको विकट मानिने राक्सिराड्ड गाउँपालिकाका बिद्यार्थीहरुलाई अनलाईन प्रणलीबाट पढ्न कुनै पनि हालतमा सम्भव नभएको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख प्रदिप पराजुली बताउँछन् । सरकारले नयाँ शैक्षिक सत्र असार १ गतेबाट सुरु गर्न निर्देशन गरे बमोजिम पालिकाका बिद्यालयहरुले नयाँ भर्ना र पुस्तक वितरण कार्यक्रमहरु अघि बढाएको तर कसरी कक्षा सञ्चालन गर्ने भन्ने समस्या परेको बताउँदै पराजुलीले ‘निषेधाज्ञा खुलेपछि सरकारले सामाजिक दूरी कायम गरेर पढाउन आदेश दिए सोहीअनुरुप पढाउन सकिने नत्र अनलाईन कक्षा र दूरशिक्षा प्रणालीको कक्षा सञ्चालन गर्न सम्भव नै छैन, पराजुलीले बताए ।’

    पछिल्लो समय केहि दिन यताबाट शिक्षकहरुले स्वास्थ्यका मापदण्ड पालना गरेर टोल/टोलमै पुगेर शिक्षामा सहजिकरण अभियान सुरु गर्न थालिएको शिक्षा शाखा प्रमुख पराजुली बताउँछन् । तर त्यसका लागि पनि बर्खा लागेकोर बाढी पहिरोको कारण जोखिमको अवस्था रहेको उनको भनाइ छ । हाल ५ देखि ७ वटा बिद्यालयहरुले मात्रै टोल शिक्षा सुरु गरेको पराजुलीले जानकारी दिए ।

    ‘मोबाइलको पहँुच समेत सबैसँग नभएको पालिकामा इन्टरनेट त झन् छँदै छैन भन्दा पनि हुन्छ । अनलाईन पढ्न र पढाउन इन्टरनेट र मोबाइलको खाँचो हुन्छ । यो सबै सँग छैन । त्यतीमात्रै होइन, दूरशिक्षा प्रणालीको लागि रेडियो पनि सबै स्थानहरुमा सुनिदैन । केहि वडामा एउटा मात्रै रेडियो सुनिन्छ । त्यो पनि राम्रो सुनिदैन । त्यसैले वैकल्पिक प्रणलीको कक्षा सञ्चालन गर्न पालिकालाई ठुलो चुनौती रहेको शिक्षा शाखाका प्रमुख पराजुलीले बताए ।’

    राक्सिराड्ड गाउँपालिका र कैलाश गाउँपालिकाका यि दुई बिद्यालयहरु त एक उदाहरणमात्रै हुन् । विकट स्थानका बिद्यार्थीहरुलाई त यो समस्या छँदैछ । अनलाईन शिक्षा पढाउनको लागि शिक्षकहरुलाई समेत चुनौतीको बिषय बनेको छ । इन्टरनेटको असुविधाको कारण बिद्यालयमा नै भौतिक उपस्थितीबाट मात्रै कक्षा सञ्चालन गर्न सकिने शिक्षकहरुले गुनासो गरेका छन् । राक्सिराड्ड गाउँपालिकामा ५२ बिद्यालयमध्ये ५१ वटा सामुदायिक बिद्यालय र १ वटा निजी बिद्यालय रहेका छन् ।

     

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार