खोप लगाउन पाएपछि नागरिकमा उत्साह
दोस्रो लहरको कोरोना भाइरसको खोप लगाउन पाएपछि जुम्लाका बासिन्दामा उत्साह छाएको छ । कोभिडले सास्ती भोगेका नागरिकलाई खोप लगाउन शुरु गरिएपछि उत्साह थपिएको हो ।
बुधबारदेखि ‘भेरोसेल’ खोपको पहिलो मात्र शुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले चन्दननाथ नगरपालिकाका– ६ वटा खोप केन्द्रमा खोप लगाइने जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका खोप शाखा प्रमुख बालकुमारी खड्काले बताइन् ।
ज्येष्ठ नागरिकलाई पनि खोप लगाउन शुरु गरिएको छ । यहाँका स्थानीय तहमा यही साउन २१ गतेसम्म खोप लगाउने तालिका रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाभरी ११४ खोप केन्द्र रहेकाले अहिले जनस्वास्थ्य कार्यालयसहित जिल्लाभरका जनशक्ति यसैमा केन्द्रीत भएर काम गरेको खोप शाखा प्रमुख बालकुमारी खड्काकाले बताइन् ।
सरकारले शिक्षकका लागि पनि खोप लगाउने अवसर दिएकामा शिक्षक खुशी भएका छन् । शिक्षक जयशङ्कर धिताल विद्यार्थी र समाजसँग प्रत्यक्ष सम्पर्क हुने भएकाले खोप पाए भने सुरक्षित हुने बताए । सरकारले स्वास्थ्यकर्मीसहित अत्यावश्यक काममा लागेका सुरक्षाकर्मी, पत्रकारलाई पनि खोपको व्यवस्था गरेको छ ।
जुम्लाका एक हजार ४० स्वास्थ्यकर्मीलाई खोप लगाइएको छ । यहाँका करिब ५० पत्रकारले पनि खोप लगाएका छन् । केन्द्रमा अहिले खोप लगाउने व्यक्तिमा उत्साह थपिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस