• जीवनशैली | Jiwanshaili
  • मालपोत कार्यालयमा लाइन बसेकी वृद्धाको मृत्यु


    हेटौंडाको मालपोत कार्यालयमा सेवा लिन लाइन लागेकी एक महिलाको बिहीबार मृत्यु भएको छ ।

    हेटौंडा उपमहानगरपालिका–६ चौघडाकी ७५ बर्षकी पञ्चमाई गौतम आफ्ना चार जना छोराको अंशबण्डाका लागि कार्यालयमा आएकी थिइन् । उनको लाइनमा बसेकै अवस्थामा ज्यान गएको छोरा मुकुन्द गौतमले सन्चार माध्यमलाइ जानकारी दिएका छन् ।

    लाइनमा बस्दाबस्दै उनी एक्कासी ढलेकी थिइन् । उनको मृत शरीरलाई निकै समय मालपोत कार्यालय परिसरमै राखिएको थियो । मोठ भिडाउने क्रममा आवश्यक पर्ने भन्दै शारीरिक रुपमा बृद्ध महिलालाई कर्मचारीले लाइनमै बस्न भनेका थिए । कर्मचारीले शारीरिक रुपमा अशक्त रहेकी बृद्ध महिलालाई गर्मिको समयमा भीडमा राख्दा उनि बेहोस भएको प्रतक्षदर्शिले जानकारी दिए।

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार