• जीवनशैली | Jiwanshaili
  • एसईईको नतिजा प्रकाशित, यसरी थाहा पाउन सकिने


     माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो ।

    माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने भएको हो । विद्यालयले गरेको मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरिने भएको हो ।

    परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईइ परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ ।

    बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००१ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।

    त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा लि। इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ ।

    यस्तै www.see.gov.npwww.neb.gov.npwww.see.ntc.net.npwww.ricell.axiata.com बाट पनि नतिजा थाहा पाउन सकिनेछ ।

    facebook sharing button
    twitter sharing button
    linkedin sharing button
    whatsapp sharing button

    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार