• जीवनशैली | Jiwanshaili
  • मलेसियामा गोरखाका ३१ बर्षिय युवकले गरे आत्माहत्या


    बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानी निवासी ३१ बर्षिय अमर गुरुङले मलेसियामा झुन्डिएर आत्माहत्या गरेका छन् । वैदेशिक रोजगारीका लागि मलेसियामा पुगेका गुरुङले आइसोलेसनमा उपचारका क्रममै आत्माहत्या गरेका हुन् ।

    गत साउन १९ गते कोरोना परिक्षण गर्दा उनका कारोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि होमआईशोलेसनमा स्वास्थ्यलाभ गरिरहेका उनले घाँटीमा पासो लगाएर आत्महत्या गरेका हुन् ।

    पारिवारिक स्रोतका अनुसार गुरुङ लामो समयदेखि मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको मङ्गोजरी रेष्टुरेन्टमा काम गर्दै आएका थिए । तर, केही समयअघि रेष्टुरेन्ट मालिक संगको विवाद पछि त्यहीको एक सेक्युरिटी कम्पनीमा सुरक्षागार्डको काम गर्दै आएका थिए ।

    मलेसियाको नियम अनुसार १० बर्ष त्यहाँ बसे पछि नयाँ भिसा बनाउनु पर्ने वा घर फर्कनु पर्नेमा दुवै काम रेष्टुरेन्ट मालिकले गर्न नमाने पछि गुरुङको विवाद भएको उनका सहकर्मीहरु बताउछन् ।
    पासपोर्ट नम्बर ०५४६०७१३ नम्बर भएका गुरुङला२ कोरोना भए पछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार