वसन्तपुरमा विधिवत सुरु भयाे चीर फागु
काठमाडाैं, २६ फागुन
रंगको पर्व फागु आज बिहीबार विधिवत सुरु भएकाे छ । आज काठमाडौंको वसन्तपुरस्थित हनुमानढाेका दरबारकाे गद्दी बैठकको दक्षिणतर्फ तीन छत्रे होलीको चीर ठड्याएसँगै देशभर फागुको विधिवत सुरुवात भएकाे हाे ।
याे पर्व फाल्गुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म अर्थात् आठ दिन मनाइन्छ । अन्तिम दिन चीर ढालिएसँगै पर्व समापन गरिन्छ ।
फाल्गुन पूर्णिमाको दिन मनाइने होली यो वर्ष पहाडी क्षेत्रमा चैत ३ गते र तराई भेगमा चैत ४ गते मनाइने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस