रुसी हमलामा ८५ बालबालिकाको मृत्यु, दर्जनाैं घाइते
किभ, १ चैत
युक्रेनमाथिको रुसी हमलामा अहिलेसम्म ८५ बलाबालिको मृत्यु भएको छ । युद्धका कारण दर्जनौँ बालबालिका घाइते भएका छन् । ‘रुसी संघको आक्रमक सैन्य हमलामा १३ मार्चसम्म ८५ बालबालिका मारिएका छन् भने १०० जना घाइते भएका छन्’ युक्रेनको महान्यायधिवत्ताको कार्यलयले भनेको छ । मारिने र घाइते हुनेमध्ये अधिकांश किभ, खार्किभ, दोनेत्सक, सुमी, खेर्सन, माइकोलिभ र जाइटोमाइर क्षेत्रका छन् ।
पछिल्लो घटनामा युद्धग्रस्त क्षेत्रबाट सुरक्षित क्षेत्रतर्फ जाने क्रममा सर्वसाधारण सवार एउटा कारमा ११ मार्चमा रुसी सेनाले गरेको गोलाबारीमा एक बालक मारिएका थिए ।
रुसी हमलामा अहिलेसम्म ३६९ ओटा शैक्षिक संस्थामा क्षति पुगेको ५७ ओटा पूर्णरुपमा ध्वस्त भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।
यसैबीच सोमबार रुसी सेनाले पोल्यान्डसँगको सीमामा रहेको एउटा युक्रेनी आधारमा हमला गर्दा ३५ जनाको मृत्यु र १३० जना घाइते भएका थिए ।
क्याटेगोरी : डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस