सिड्नीमा होली फेस्टिभल
काठमाडौं, २ चैत
नेपालपछि नेपाली फेस्टिभलमा उत्तिकै मनाइनेमध्येको एक सहर हो सिड्नी । अस्ट्रेलियामा रहेको सिड्नीमा प्रायः नेपाली फेस्टिभलमा नेपालीहरूले सेलिब्रेट गर्ने गर्छन् ।
तर, विगत दुई वर्षयता कोरोना भाइरसको महामारीका कारण फेस्टिभल भइरहेका थिएनन् । भएका फेस्टिभल पनि सामान्य थिए । तर, कोरोना भाइरसको असर कम भएसँगै पुनः कार्यक्रम हुन थालेका छन् । होलीलाई लक्षित गर्दै १९ मार्चमा सिड्नीमा दुईवटा कार्यक्रम हुँदैछन् ।
विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको फन्टास्टिक इभेन्ट्सले सिड्नीमा ‘सिड्नी होली मेला २०२२’ आयोजना गर्दैछ । १९ मार्चमा हुने कार्यक्रमलाई होल्ड्रेड गार्डेन्स, मेरिल्यान्डसमा आयोजना गरिँदैछ । ‘सिड्नी होली मेला’ लाई संगीत, रंग र फुडको जमघटको रूपमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रमका लागि कलाकार प्रमोद खरेल, सुशान्त खत्री, अल्मोडा राना उप्रेती र दिनेश काफ्लेलगायत सहभागी हुँदैछन् ।
१९ मार्चमै कमेरो इभेन्ट्स र रकडेल ब्वाइजको आयोजनामा सिड्नीको ग्रयानभिल पार्क मेरिल्यान्डमा ‘सिड्नी होली फेस्टिभल’ हँुदैछ । होली कार्यक्रममा नेपाली गीतसंगीत क्षेत्रका परिचित अनुहारहरू कालीप्रसाद बास्कोटा, प्रकाश सपुत, ओशिन सिटौला, सुशान्त ठुले र डिजे नटकेसलगायतका कालाकर्मीले प्रस्तुति दिने छन् । कोरोना भाइरसको महामारीका कारण दुई वर्षको अन्तरालमा हुने कार्यक्रममार्फत सिड्नीवासी नेपालीले मनोरञ्जन पाउने विश्वास आयोजकको छ ।
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस