तटबन्धन निर्माणका लागि पाँच लाख सहयोग
लमजुङ १३ चैत
लमजुङ समाज युकेले लमजुङको दोर्दी गाँउपालिका ८ हिलेबजारमा तटबन्धनका लागि सहयोग गरेको छ । गत असारमा गएको बाढीले क्षति पुर्याएकाे स्थानमा तटबन्दन निर्माणका लागि समाजले आर्थिक सहयोग गरेको हो ।
लमजुङ समाज युकेका संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङले तटबन्दन निमार्णका ५ लाख १५ हजार रुपैयाँ दोर्दी गाउँपालिका ८ का वडा अध्यक्ष तुलबहादुर गुरुङ र निर्माण उपभोक्ता समितिका अध्यक्ष सागर गुरुङलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
समाजले केही महिनाअघि पनि तटबन्दन निर्माणको लागि ९ लाख १ हजार ४२ रुपैयाँ सहयोग गरेको थियो । स्थानीय वडा अध्यक्ष गुरुङका अनुसार लमजुङ समाज युकेले हाल सम्म १४ लाख १६ हजार ४२ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
जोखिममा रहेको हिलेबजारका स्थानीयलाई आगामी दिनमा बाढीबाट सुरक्षित हुनका लागि सहयोग होस भनि तटबन्दन निर्माणका लागि सहयोग गरिएकाे समाजले जनाएको छ ।
क्याटेगोरी : ताजा अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस