रुसी हमलामा युक्रेनका आधाभन्दा बढी बालबालिका विस्थापितः यूनिसेफ
एजेन्सी
किभ, १३ चैत
२४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलामा युक्रेनका आधाभन्दा बढी बालबालिका विस्थापित भएका छन् । ‘युक्रेनमा एक महिनादेखि जारी युद्धले ४३ लाख बालबालिका विस्थापित भएका हुन । यो संख्या देशको अनुमानित ७५ लाख बालबालिकाको आधाभन्दा बढी हो’, राष्ट्रसंघीय बाल कोष यूनिसेफले भनेको छ ।
त्यस्तै, युद्धका कारण विस्थापित १ करोड मानिसमध्ये आधाभन्दा बढी बालबालिका छन् । युद्धका कारण १८ लाखभन्दा बढी मानिस शरणार्थीको रुपमा विभिन्न देशमा पुगेका छन् भने अरु २५ लाख मानिस युद्धग्रस्त देशभित्रै विस्थापित भएका छन् ।
यूनिसेफ प्रमुख क्याथरिन रसेलले भनिन्, ‘युद्धले दोस्रो विश्वयुद्धपछि सबैभन्दा छिटो बालबालिकाको ठूलो संख्यामा विस्थापित गरेको छ । ‘यो एउटा डरलाग्दो संकेत हो, जसले आउने पुस्ताका लागि दीर्घकालीन परिणामहरू निम्त्याउन सक्छ,’ उनले चेतावनी दिइन् ।
यसैबीच, रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ बालबालिका मारिएका छन् । रुसी हमलामा दुई सय बालबालिका घाइते भएका छन् । युद्धमा युक्रेनतर्फ ठूलो भौतिक क्षति भएको छ ।
क्याटेगोरी : डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस