श्रीलंकामा आर्थिक संकटको असरः अस्पतालले रोक्यो शल्यक्रिया सेवा
कोलम्बो, १६ चैत
स्वास्थ्य सुविधाको अभावमा श्रीलंकाको एउटा अस्पतालले शल्यक्रिया रोकेको छ । स्वास्थ्य सुविधा अभाव भएपछि क्यान्डीको पेराडेनिया अस्पतालमा शल्यक्रिया रोकिएको हो । अस्पतालले एक परिपत्र जारी गर्दै शल्यक्रिया रोक्नुको कारण उल्लेख गरेको छ ।
‘हाम्रो अस्पतालमा एनेस्थेसिया र शल्यक्रियाका लागि प्रयोग हुने धेरै औषधि र उपभोग्य वस्तुको अभाव छ । भर्ना भएका बिरामीको शल्यक्रियालगायतका सबै नियमित शल्यक्रियाहरू स्थगित गर्ने निर्णय भएको छ’, सोमबार अस्पतालले जारी गरेको परिपत्रमा भनिएको छ ।
अस्पतालका निर्देशकले औषधिको अभाव देखाउँदै सबै नियमित शल्यक्रियाहरू अस्थायी रूपमा रोकेको बताएका छन् ।
अस्पतालामा स्वास्थ्य सुविधाको अभावपछि भारतीय विदेशमन्त्री एस जयशंकरले मंगलबार श्रीलंकास्थित भारतीय कमिसनारलाई सो अस्पताललाई सहयोग गर्न अनुरोध गरेका छन् । जयशंकरले भारतीय उच्चायुक्त गोपाल बागलेलाई भारतले श्रीलंकालाई गर्न सक्ने सहयोगका उपायबारे छलफल गर्न आग्रह गरेका हुन् ।
क्याटेगोरी : डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस