विश्व इतिहास:सोभियत फौजद्वारा २२ हजार पोल्यान्डका नागरिकको हत्या
विश्व इतिहास मा आजः आज ३ अप्रिल २०२२ । आज विश्व इतिहासमा केही घटना विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आजका दिन भएका केही घटनाक्रमः
प्राध्यापकबाट कुख्यात अपराधी बनेका गणितज्ञ पक्राउ
सन् १९९६ मा अराजकतावादी विचारबाट प्रेरित अमेरिकी कुख्यात अतिवादी टेड कान्जिस्की पक्राउ परेका थिए । पूर्वप्राध्यापकसमेत रहेका कान्जिस्कीले सन् १९७८ देखि १९९५ सम्म १६ वटा लेटर बम पठाएका थिए, जसमा ३ जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए । अनबम्बरसमेत भनिने कान्जिस्की कुनै बेला प्रतिभाशाली व्यक्ति थिए ।
अमेरिकामा मार्शल प्लान
सन् १९४८ को ३ अप्रिलमा अमेरिकाका ३३ औँ राष्ट्रपति ह्यारी एस ट्रुम्यानले इकोनोमिक रिकभरी एक्ट, १९४८ मा हस्ताक्षर गरेका थिए । पछि यसलाई मार्शल प्लान भनेर चिनिन थालियो । दोस्रो विश्वयुद्धको अन्त्यपछि युरोपेली अर्थतन्त्रहरूको पुनर्निर्माण गर्न र कम्युनिष्टहरूलाई नियन्त्रणमा लिनबाट रोक्न सो योजनाअन्तर्गत १२ दशमलब ४ अर्ब डलर बिनियोजन गरिएको थियो ।
काटिन नरसंहार
सन् १९४० मा सोभियत फौजले करीब २२ हजार पोल्यान्ड नागरिकको हत्या गरेको थियो । काटिन नरसंहारलाई इतिहासमा युद्धबन्दीहरूको सबैभन्दा खराब नरसंहार मानिन्छ । जोसेफ स्टालिनले पोल्यान्डका सैन्य अधिकारी अफिसरसहितका सबै बन्दीलाई मृत्युदण्ड दिने आदेशमा हस्ताक्षर गरेका थिए।
क्याटेगोरी : डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस