भूमध्य सागरमा डुंगा डुब्दा कम्तीमा ९० आप्रवासीको मृत्यु
त्रिपोली, २१ चैत
लिबियाबाट शरणार्थी बोकेको डुंगा भूमध्य सागरमा डुब्दा कम्तीमा ९० आप्रावासीको मृत्यु भएको छ । क्षमताभन्दा बढी यात्रु बोकेको सो डुंगा केही दिनअघि लिबिया छोडेको थियो । दुर्घटनामा ४ जनाको जीवितै उद्धार भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।
एलेग्रिया १ नामक एक व्यावसायिक ट्यांकरले शनिबार बिहान भूमध्यसागरमा ४ जनाको उद्धार गरेको डक्टर्स विदाउट बोर्डर्सले जनाएको छ । डुंगामा एक सय जनाले यात्रा गरेको उद्धार गरिएका व्यक्तिहरूले बताएका छन् ।
एक दशकको द्वन्द्व र अराजकताबाट ग्रस्त लिबिया अफ्रिकी र एसियाली आप्रवासीहरूका लागि युरोप जाने प्रमुख प्रस्थान बिन्दु बनेको छ । आप्रवासनका लागि अन्तराष्ट्रिय संगठनका अनुसार पछिल्लो हताहतीबाहेक यस वर्ष भूमध्यसागरमा डुबेर ३६७ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस