• जीवनशैली | Jiwanshaili
  • फ्रान्ज काफ्का दुई लघु कथा


    फ्रान्ज काफ्का २० औ शताब्दिका प्रभावशाली जर्मन लघु कथाकार तथा उपन्यासकार हुन् । उनको जन्म ३ जुलाई १८८३ मा प्रागमा भएको थियो भने निधन ३ जुन १९२४ मा भयो । मात्र ४१ वर्षको उमेर सम्म मात्र यस धरतीमा रहेको काफ्काले साहित्यका क्षेत्रमा अमिट छाप छोडेका छन् । उनी यथार्थवादी सहित्यकारका रुपमा संसार प्रशिद्ध छन् । प्रस्तुत छ उनको दुई लघु कथा ।

    दिशा

    ‘यो निकै नै दुखको कुरा हो,’ मुसाले भन्यो, ‘संसार दिन प्रतिदिन छोटो हुँदै गइरहेको छ । पहिला यो यति ठुलो थियो की मलाई निकै डर लाग्थ्यो । म दौडिएको दौडियै थिएँ अन्तमा जब मैले पर्खाल भेटेँ अनि मलाई खुसी भएको थियो । तर यी लामालामा पर्खालहरु यति छिटो एक अर्काको नजिक आउँदै छन् की म आँखा झिक्उँदानै एक कुनाबाट अर्को कुनामा पुगीहाल्छु ; उ त्यो कुनामा मुसादानी राखेको छ अनि म त्यसै तर्फ बढ्दै गइरहेको छु ।’

    ‘त्यहाँ दिशा बदले पुग्छ, केवल । ’ बिरालोले भन्यो, अनि उसलाई खाईदियो ।


    झ्याल

     

    जीवनबाट अलग थलग रहँदा पनि कुनै मानिस जब–तब कतै–कतै केही हदसम्म जोडिननै चाहन्छ । दिनको अलग–अगल समय, मौसम, काम–धन्दाको अवस्था आदिमा उ एक प्रकारको स्नेहिल भुजामा खुल्ने झ्याल बिना धेरै लामो समय थेग्न सक्दैन । केहि पनि नगर्ने मनःस्थिति हुँदा हुँदै पनि उ थकित कदमले झ्यालतर्फ बढि हाल्छ अनि मन नहुँदा नहुँदै पनि कहिले मान्छेहरु र कहिले आकाशतिर हेर्न थाल्छ, उसको शीर विस्तार पछाडि तर्फ झुक्छ । यो स्थितिमा पनि सडकमा दौडिरहेका घोंडा, तीनका बग्गीहरुको खटखट अनि आवाजहरुले उसलाई आफुतर्फ आकर्षित गरिहाल्छन् अनि अन्ततः उ जीवन–धारसँग नजोडिइ रहन सक्दैन ।


    क्याटेगोरी : फिचर, मनाेरञ्जन शैली

    प्रतिक्रिया दिनुहोस