बेलायतमा मिसेस नेपाल युनिभर्स प्रतियोगिताको तयारी
लन्डन, २० कात्तिक
बेलायतमा तेस्रो मिसेस नेपाल युनिभर्स प्रतियोगिताको तयारी सुरु भएको छ ।
लन्डन फेसन हाउसको आयोजनामा प्रत्येक वर्ष आयोजना गर्दै आएको विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिताको आउँदो ४ डिसेम्बरमा अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ ।
कोभिड महामारीका कारण रोकिएको प्रतियोगिता यसपटक गर्ने भइरहेको आयोजक लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जानकारी दिइन् ।
मिसेस नेपाल युनिभर्स वीनरले बुल्गेरियामा हुने ४५ औं मिसेस युनिभर्समा सहभागिता जनाउन सक्ने डंगोलले बताइन् । उनका अनुसार यही आइतबारदेखि प्रतियोगीहरुको प्रशिक्षणसहित अन्य प्रक्रिया अगाडि बढ्नेछ ।
प्रतियोगितामा जुनै देशका नेपाली महिलाले भाग लिन सक्ने आयोजकले जनाएको छ ।
विवाहित महिलाहरुको वाह्य तथा आन्तरिक सौन्दर्य, क्षमता र आत्मविश्वास अभिवृद्धिका लागि प्रतियोगिता अझ व्यापक र विस्तारित रुपमा गर्न लागिएको जनाउँदै मनिषाले महिला सशक्तिकरणमा जोड दिने बताइन् ।
क्याटेगोरी : मनाेरञ्जन शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस