टाइगरसँगको मनमुटावले रोकियो करणको स्क्रु ढिला

एजेन्सी
मुम्बई, २३ कात्तिक
बलिउड निर्माता तथा निर्देशक करण जोहारले अभिनेता टाइगर श्राफका साथ फिल्म ‘स्कू ढीला’को घोषणा गत जुलाईमा गरेका थिए । यो फिल्मको टिजर पनि सार्वजनिक भएको थियो । एक्सन फ्लेभरको फिल्म भनिएपछि टिजर सार्वजनिक भएपछि कुनै नयाँ अपडेट बाहिर आएन । अहिले यो फिल्मको निर्माण कार्य अनिश्चितकालका लागि रोकिएको खबर बाहिर आएको छ ।
समाचारअनुसार करण र टाइगरबीच पारिश्रमिकलाई लिएर सहमति जुट्न नसकेपछि फिल्मको काम रोकिएको हो । फिल्म ‘स्टुडेण्ट अफ द इयर २’ पछि करणे टाइगरसँग एक फूल फ्लेज एक्सन फिल्म गर्ने चाहना राखेका थिए र त्यसका लािग ‘स्क्रु ढिला’को घोषणा गरेका थिए ।
टाइगर यो फिल्मका लागि निकै उत्साहित थिए । त्यहीकारण करणसँग पारिश्रमिकको विषयमा टाइगरले कुरा गरेका थिएनन् । तर टाइगरको टिमको एक सदस्यबाट टाइगरले ३० करोड रुपैयाँ मागेको कुरा सुनेपछि करण चकित परेका थिए ।
करणले टाइगरको टिमलाई महामारी र मन्दीका कारण कोही पनि निर्माता कलाकारलाई यति पारिश्रमिक दिन नसक्ने भन्दै फकाउन खोजेका थिए । तर पनि टाइगर आफ्नो अडानबाट पछि हटेनन् । अन्ततः करणले फिल्मको काम अनिश्चितकालका लागि रोक्ने निर्णय लिए ।
क्याटेगोरी : डायाेस्परा, ताजा अपडेट, मनाेरञ्जन शैली
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस