• जीवनशैली | Jiwanshaili
  • केजीएफका अभिनेता मोहन जुनेजा निधन


    साउथ फिल्म उद्योगका चर्चित हास्य कलाकार मोहन जुनेजाको ५४ वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ । लामो समयदेखि रोगसँग लडिरहेका मोहनले उपचारका क्रममा बैंगलोरको एक निजी अस्पतालमा अन्तिम सास लिएका थिए । मोहनको निधनमा फ्यानसहित धेरै सेलिब्रेटीले सामाजिक सञ्जालमा पोस्ट शेयर गरेर शोक व्यक्त गरेका छन् ।

     

    मोहन जुनेजाले आफ्नो करियर कमेडियनको रूपमा सुरु गरेका थिए । आफ्नो करियरमा मोहनले तमिल, तेलुगु, मलयालम र हिन्दीलगायत धेरै भाषाहरूमा १०० भन्दा बढी चलचित्रहरूमा अभिनय गरे। उनी KGF-2 र KGF-1 जस्ता सुपरहिट फिल्महरूमा पनि देखापरेका थिए। फिल्म केजीएफ–२ मा मोहनले पत्रकार आनन्दीको इन्फर्मरको भूमिका निभाएका थिए ।

     


    क्याटेगोरी : कला शैली, डायाेस्परा

    प्रतिक्रिया दिनुहोस