इश निन्दा गरेको आरोपमा कुटपिटपछि छात्राको हत्या
कानो,
एउटा क्रुर घटनामा नाइजेरियामा एक छात्रालाई कुटपिट गरी हत्या गरेर जलाइएको छ । व्हाट्सएपमा निन्दनीय भनाई पोस्ट गरेको आरोपमा साथीहरूले छात्रालाई कुटपिट गरी आगो लगाइदिएका पुलिस र साक्षीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
नाइजेरियाको उत्तरपश्चिमी राज्य सोकोटोमा उक्त पाशविक घटना भएको हो । विद्यार्थीको मृत्युपछि तत्काल विद्यालय बन्द गरिएको थियो । उक्त घटनामा दुई संदिग्ध पक्राउ परेका छन् । मारिने व्यक्ति डेबोरा सामुएल भएको सोकोटो राज्य कमान्डका प्रवक्ताले बताए ।
‘विद्यार्थीहरूले प्रयोग गरिरहेको एउटा व्हाट्सएप समूह छ । त्यहाँ उनको मुस्लिम सहकर्मी विद्यार्थीले इस्लामिक विषय पोस्ट गरेका थिए । सो पोस्टको उनले आलोचना गरिन् । उनले एक अडियो पोस्ट गरिन, जसमा इस्लामका धर्मगुरु पैगम्बरप्रति निन्दापूर्ण टिप्पणीहरू छन्’, एक साक्षीको भनाइ उदृत गर्दै रोयटर्सले जनाएको छ ।
विद्यालय सुरक्षा र प्रहरीले पीडितलाई बचाउने प्रयास गरे पनि नसकिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।
क्याटेगोरी : डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस