मारिओपोलको स्टिल कारखानामा फसेका सयौँ युक्रेनी लडाकुको उद्धार
किभ, ३ जेठ
युक्रेनले मारिओपोलको एजोभस्टाल स्टिल कारखानामा दुई महिनाभन्दा बढी समयदेखि फसेका आफ्ना सयौं लडाकुलाई बाहिर निकालेको पुष्टि गरेको छ । घाइते ५३ जना सैनिकलाई रुस समर्थित विद्रोहीको कब्जामा रहेको नोभोआजोभस्क सहरमा लगिएको युक्रेनी उपरक्षा मन्त्री हन्ना मलियारल बताइन् ।
अरु २११ लाई मानवीय कोरिडोर प्रयोग गरेर विद्रोही नियन्त्रित अर्को सहर ओलेनिभका पठाइएको उनले बताइन । घाइते सैनिकहरूलाई त्यहाँबाट बाहिर निकाल्न रुससँग सम्झौता भएको रुसले यसअघि बताएको थियो ।
घेराबन्दी गरिएको कारखाना नि लुकेका युक्रेनी लडाकुहरू बोकेका करिब एक दर्जन बसहरू सोमबार साँझ दक्षिणी बन्दरगाह सहरको विशाल औद्योगिक क्षेत्रबाट बाहिर निस्किएको रोयटर्सले जनाएको छ ।
घाइते युक्रेनी सैनिकहरूलाई कारखानाबाट बाहिर निकालिएको भिडियो फुटेज रूसी सञ्चार माध्यमहरूले पनि पोस्ट गरेका छन् ।
आफ्ना लडाकुहरू रिहा भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार राति युक्रेनी सेना, गुप्तचर निकाय, वार्ताकार टोली, रेडक्रस र राष्ट्रसंघका प्रतिनिधिलाई सम्बोधन गरेका थिए ।
क्याटेगोरी : डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस