मारिओपोलमा ७०० युक्रेनी लडाकुले आत्मसमर्पण गरेः रुस
मस्को, ५ जेठ
युक्रेनी पूर्वीसहर मारिओपोलमा थप ७०० भन्दा बढी युक्रेनी लडाकुले आत्मसमर्पण गरेको रुसले दाबी गरेको छ । रुस समर्थक पृथकतावादीहरूका नेता डेनिस पुसिलिनका अनुसार बन्दरगाह सहरको एजोभस्टल स्टिलवर्कमा युक्रेनी लडाकुहरूका शीर्ष कमाण्डरहरू अझै पनि काराखानाभित्र छन् ।
कारखानाभित्र फसेका थप लडाकुको भविष्यबारे युक्रेनी अधिकारीहरूले सार्वजनिकरूपमा टिप्पणी गर्न अस्वीकार गरेका छन् । युक्रेनी सेनाका प्रवक्ता ओलेक्जेन्डर मोटुजायनिकले पत्रकार सम्मेलनमा भने, ‘राज्यले हाम्रा सुरक्षाकर्मीहरूको उद्धार गर्न सक्दो प्रयास गरिरहेको छ । ’
यसबारेमा थप सूचना सार्वजनिक गर्दा उनीहरूको उद्धार पक्रिया जोखिममा पर्ने उनले संकेत गरे । युक्रेनले आफ्ना २५० लडाकुले आत्मसमर्पण गरेको बुधबार पुष्टि गरेको थियो । तर, कारखानाभित्र अझै कति सेना छन् भन्ने बारेमा केही खुलाएको छैन् ।
क्याटेगोरी : डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस