असाममा भिषण वर्षापछिको बाढी र पहिरोमा ९ जनाको मृत्यु, लाखौँ प्रभावित
असाम, ५ जेठ
असाममा आएको बाढी र पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ । बाढीका कारण २७ जिल्लाका ६० लाखभन्दा मानिस प्रभावित भएका छन् । प्रिमनसुनमा वर्षापछि आएको बाढीबाट हजारौँ मानिस विस्थापित भएका छन् । अहिलेसम्म ४८ हजार मानिसहरूलाई विभिन्न २४८ ओटा राहात शिविरमा स्थानान्तरण गरिएको छ ।
बाढीबाट सबैभन्दा बढी पूर्वी होजाइ र काचर जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन् । यी जिल्लामा दुई लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । होजाई जिल्लामा फसेका दुई हजारभन्दा बढी मानिसलाई सेनाले उद्धार गरेको छ ।
बाढीका कारण दक्षिणी असामको दिमा हासो जिल्ला पनि नराम्रोसँग प्रभावित छ । बाढीले विद्युतका पोल बगाउँदा र सडक भत्काउदा त्यहाँ उद्धार कार्य प्रभावित भएको छ ।
यसैबीच, बाढीमा ज्यान गुमाएका पीडितका परिबारलाई सरकारले जनही ४ लाख दिने भएको छ । अविरल वर्षाका कारण भारतको उत्तरी राज्य असाम, मेघालय र अरुणाञ्चल प्रदेश पछिल्लो दुई दिनदेखि प्रभावित छन् ।
क्याटेगोरी : डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस