युक्रेनको मारिओपोल सहरमा २०० शव फेला
किभ, १२ जेठ
युक्रेनी सहर मारिओपोलमा सहरमा २०० शव फेला परेका छन् । एउटा भत्किएको भवनको भग्नावशेष निकाल्ने मजुदरले भवनको बेसमेन्टबाट करिब २०० शव फेला पारेको मारिओपोलका मेयरका सल्लाहकारले बताएका छन् ।
शवहरू सडेका र छिमेकमा दुर्गन्ध फैलिएको मारिओपोलका मेयर पेट्रो एन्ड्रयुश्चेन्कोले बताए । शव फेला परेको विवरण स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन् ।
रुसले आजोभ सागरको तटमा रहेको युक्रेनको प्रमुख बन्दरगाह सहर मारिओपोलमाथि आफ्नो नियन्त्रण रहेको दाबी गरेको छ । २४ फेब्रुवरीमा सुरु भएको हमलापछि रूसले कब्जा गर्न सफल भएको एक मात्र सहर हो मारिओपोल ।
रूसी बम विष्फोटले मरिओपोल सहर क्षतविक्षत बन्यो । एजोभस्टल स्टिल कारखाना युक्रेनी प्रतिरोधको अन्तिम स्थल बनेको थियो । तर, त्यहाँको प्रतिरोध फौजले पनि अहिले आत्मसमर्पण गरेको छ ।
क्याटेगोरी : डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस