उत्तराखन्डमा बस दुर्घटना हुँदा २५ तीर्थयात्रीको मृत्यु
उत्तराखन्ड, २३ जेठ
भारतको उत्तराखण्डमा आइतबार राति तीर्थयात्री बोकेको एउटा बस खाल्डोमा खस्दा २५ जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । २८ यात्रु बोकेको बस पहाडी राज्यको मुख्य तीर्थस्थल यमुनोत्री जाँदै थियो ।
सबै तीर्थयात्री मध्यप्रदेशका हुन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ‘आफ्ना प्रियजनहरू गुमाउनेहरू’ प्रति शोक व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले उत्तराखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई दुई लाख भारु र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा पनि गरेका छन् ।
‘राज्य सरकारको निगरानीमा स्थानीय प्रशासन घटनास्थलमा सम्भव भएसम्मको सहयोगमा जुटेको छ,’ प्रधानमन्त्री कार्यालयले ट्विट गरेको छ ।
दुर्घटनापछि मुख्यमन्त्री शिवराज सिंह चौहानसहित राज्यमन्त्री बिजेन्द्र प्रताप सिंह, डीजीपी सुधीर सक्सेना, अतिरिक्त मुख्य सचिव (गृह) राजेश राजोरालगायतको टोली देहरादून प्रस्थान गरेको थियो ।
दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरेकाे छ ।
क्याटेगोरी : डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस