• जीवनशैली | Jiwanshaili
  • प्रियंका रानी जोशीलाई मिस नेपाल २०२२ को उपाधि


    प्रियंका रानी जोशीले मिस नेपाल २०२२ को उपाधि जितेकी छन् । हिडेन ट्रेजरले आयोजना गरेको प्रतियोगितामा २४ जनालाई उछिन्दै काठमाडौंकी २४ वर्षीया जोशीले ताज पहिरिएकी हुन् ।

    जोशीलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी थिइन् । यस्तै मिस नेपाल इन्टरनेसनल नान्सी खड्का र मिस नेपाल अर्थ सरिसा श्रेष्ठ भएका छन ।

    मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आज शनिबार भएको मिस नेपाल २०२२ को फिनाले जोशी विजेता बन्दै ताज पहिरिन सफल भएकी हुन् ।

    मिस नेपाल २०२२ का लागि आकृति शाह, आस्रुति सुवेदी, आयुस्नाेभा ढुंगाना, ऐश्वर्य शाही ठकुरी, अनुश्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बास्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जाेशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ गरी अन्तिम २४ जना प्रतिस्पर्धीको रुपमा छानिएका थिए ।

    कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा रोकिएको मिस नेपाल यसपटक भने भौतिक रुपमै आयोजना भएको थियो । ६ जना चिकित्सकसहित विभिन्न पेसा व्यवसायका सुन्दरी प्रतिस्पर्धामा उत्रिएका थिए ।


    क्याटेगोरी : फिचर, मनाेरञ्जन शैली

    प्रतिक्रिया दिनुहोस