अमेरिकाका राष्ट्रपति साइकलबाट लडे
अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान डेलावेयर राज्यमा आफ्नो समुद्र तटको घर नजिकै साइकल चलाउँदै गर्दा लडेका छन् । तर, उनलाई कुनै चोटपटक नलागेको बताइन्छ ।
ह्वाइट हाउसको टिमको तर्फबाट सार्वजनिक भएको एउटा भिडियोमा ७९ वर्षीय राष्ट्रपति लडेपछि तत्काल उठेका देख्न सकिन्छ । त्यसपछि उनले भने, ‘म राम्रो छु ।’
उनी प्रथम महिला जिल बाइडेनसँग डेलावेयरको रेहोबोथ तटमा रहेको घर नजिकैको स्टेट पार्कमा साइकल चलाइरहेका थिए ।
साइकलबाट लडेपछि दर्शकहरूसँग कुरा गर्न रोकिएका थिए । साइकलको क्लिपबाट खुट्टा तान्न खोज्दा आफूले सन्तुलन गुमाएको राष्ट्रपतिले शुभचिन्तक र पत्रकारहरूको सानो भीडलाई बताए ।
उनलाई ठूलो चोट नलागेको र औषधिउपचार आवश्यक नभएको ह्वाइटहाउसका एक अधिकारीले बताए । ‘राष्ट्रपति आफ्नो परिवारसँग बाँकी दिन बिताउन तत्पर हुनुहुन्छ’, ती अधिकारीले भने ।
क्याटेगोरी : डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस