रेस्टुरेन्टमा आलियाको तस्बिरले हंगामा
मुम्बई, ५ असार
बलिउड अभिनेत्री आलिया भट्ट स्टारर फिल्म ‘गंगूबाई काठियावाडी’ विश्वभरका दर्शकले मन पराए । फिल्मको सुरुवाती दृश्य होस् वा क्लाइमेक्स या कुनै अन्य दृश्य नै किन नहोस्, सबै दृश्यमा एक यौनकर्मीको संघर्ष देखाइएको थियो । फिल्ममा एक दृश्य छ, जहाँ गंगूबाई बनेकी आलियाले कोठी बाहिर ग्राहकलाई बोलाउँछिन् ।
यही दृश्यको तस्बिरले पाकिस्तानमा हंगामा भएको छ । पाकिस्तानको एक रेस्टुरेन्टले आफ्नो मार्केटिङका लागि आलियाले ग्राहक बोलाउँदै गरेको तस्बिर प्रयोग गरेपछि त्यसको तीव्र आलोचना भएको छ ।
‘आउन राजा–किन पर्खिरहेका छौ ? आउनु र सोमबार झुलनमा पुरुषका लागि दिइने मूल्यमा २५ प्रतिशत छुटको लाभ उठाउनु’, रेस्टुरेन्टले आफ्नो विज्ञापनमा लेखेको छ । रेस्टुरेन्टले ग्राहकलाई आकर्षित गर्न नयाँ तरिका अपनाए पनि ‘गंगुबाई काठियावाडी’बाट आलियाको तस्बिर राखेकोमा सबैले आपत्ति जनाएका छन् ।
रेस्टुरेन्टको यो शैलीप्रति सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ । ‘तपाईं विज्ञापनका लागि यति पीडादायक दृश्य कसरी प्रयोग गर्न सक्नुहुन्छ ?’ एक प्रयोगकर्ताले लेखेका छन् । त्यस्तै अर्का प्रयोगकर्ताले ‘तपाईं मानिसहरूलाई किन गलत सन्देश दिनुहुन्छ ? यो निकै खराब बजार रणनीति हो’ भनी लेखेका छन् ।
आफ्नो मार्केटिङ नीतिप्रति तीव्र आलोचना भएपछि रेस्टुरेन्टले स्पष्टीकरण दिएको छ । उसले कराँचीमा प्रकाशित पत्रिकाको कटिङ सेयर गर्दै ‘यो एक अवधारणा मात्र हो । कसैको भावनामा आहत गर्नु हाम्रो उद्देश्य थिएन । यो फिल्म र यो पोस्ट एक कन्सेप्टमा आधारित छ । पहिलेको जस्तै हाम्रो रेस्टुरेन्ट सबैका लागि खुला छ र हामी त्यही प्रेमले सबैलाई सेवा दिन्छौं’ भनी लेखेको छ ।
क्याटेगोरी : डायाेस्परा, मनाेरञ्जन शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस