बुलफाइटका क्रममा स्ट्यान्ड भत्किँदा चार जनाको मृत्यु
बोगाटा, १३ असार
मध्यकोलम्बियामा बुलफाइटका क्रममा एउटा स्ट्यान्ड भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । मृत्यु हुनेमा दुई महिला, एक पुरुष र एक बालक छन् । उक्त घटना कम्तीमा ३० जना गम्भीर घाइते भएका छन् ।
भिडियो फुटेजमा एल एस्पिनल रंगशालामा दर्शकहरूले भरिएको तीन तले काठको स्ट्यान्ड खसेको देखिन्छ ।
परम्परागत ‘कोरलेजा’ कार्यक्रममा सर्वसाधारणको आकर्षण बढ्दो छ । राष्ट्रपतिमा निर्वाचित गुस्ताभो पेट्रोले स्थानीय अधिकारीहरूलाई त्यस्ता कार्यक्रमहरूमा प्रतिबन्ध लगाउन आग्रह गरे ।
‘मानिसहरू वा जनावरहरूको मृत्यु हुने घटनाहरूलाई अनुमति नदिन म मेयरहरूलाई आग्रह गर्दछु’, उक्त घटनापछि उनले भने । यस्तो दुर्घटना पहिलो पटक नभएको पनि उनले बताए ।
क्याटेगोरी : डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस