• जीवनशैली | Jiwanshaili
  • पोखरा महानगरले कक्षा १२ सम्मका छात्रालाई नि:शुल्क प्याड दिने, डेढ करोड बजेट


    पोखरा, १४ असार

    पोखरा महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राका लागि स्यानेटरी प्याड नि:शुल्क वितरण गर्ने भएको छ । कक्षा ६ देखि कक्षा १२ सम्मका छात्रालाई नि:शुल्क प्याड वितरण गरिने महानगरले जनाएको छ ।

    यसका लागि आगामी वर्ष डेढ करोड भन्दा बढी बजेट छुट्याइएको छ । उपमेयर मन्जुदेवी गुरुङले स्यानेटरी प्याडको व्यवस्थापन मिलाउन एक करोड ५३ लाख विनियोजन गरिएको जानकारी दिइन् ।

    नगरभित्र रहेका सबै सामुदायिक विद्यायलका विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गराउने महानगरले जनाएको छ । यस्तै, पोखरा महानगरले सन्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयको भौतिक संरचना निर्माणका लागि तीन करोड ४० लाख विनियोजन गरिएको छ । बालविकास केन्द्रका सहयोगी, विद्यालयका सहयोगी र कर्मचारीका लागि तलब दिन चार करोड ६५ लाख छुट्याइएको छ भने बालविकास केन्द्रको सवलीकरणका लागि थप एक करोड विनियोजन भएको छ । शिक्षिकाहरू प्रसूति विदामा रहँदा सट्टा शिक्षक व्यवस्था गर्ने मेयर धनराज आचार्यले बताए ।


    क्याटेगोरी : फिचर, समाज, हाम्राे स्वास्थ्य

    प्रतिक्रिया दिनुहोस