नवविवाहित दुलहीलाई घर लैजान तालिवान कमाण्डरले प्रयोग गरे सैन्य हेलिकोप्टर
काबुल, २१ असार
एक तालिबान कमाण्डरले आफ्नी नवविवाहित दुलहीलाई घर लैजान सैन्य हेलिकप्टर प्रयोग गरेको विवरण सार्वजनिक भएको छ । उनले आफ्नी दुलहीलाई लोगरबाट खोस्ट प्रान्तमा लैजान हेलिकप्टर प्रयोग गरेका थिए ।
दुलहीलाई घर लैजान प्रयोग गर्ने तालिबान नेता तालिवानको हक्कानी शाखाको कमाण्डर भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।सामाजिक सञ्जालमा भाइरल भिडियोमा ती कमण्डर दुलहीको घर नजिकै अवतरण गरेका थिए । सञ्चार माध्यममा दाबी गरिए अनुसार छोरी दिए बापत उनले ससुरालाई १ लाख २० हजार अफगानी दाइजो दिएका थिए । एएनआईका अनुसार उनी खोस्टमा बस्छन् र उनकी श्रीमतीको घर लोगरको बर्की बराक जिल्लामा हो ।
उक्त घटना शनिबार लोगार प्रान्तको बर्की बराक जिल्लाको शाह मजार क्षेत्रमा भएको जनाइएको छ । यद्यपि, कमाण्डरको बचाउ गर्दै तालिबानका उपप्रवक्ता कारी युसुफ अहमदीले हेलिकोप्टर चढेको आरोपमा सत्यता नभएकाे बताए । सामाजिक सञ्जालमा भाइरल भिडियोलाई लिएर मानिसहरूले विरोध जनाएका छन् ।
क्याटेगोरी : डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस