निता ढुंगाना र हरिहर अधिकारी विवाह बन्धनमा बाँधिए
काठमाडौं, २४ असार
अभिनेत्री निता ढुंगाना र अभिनेता एवं ज्योतिषी हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका छन् । चार वर्षे प्रेम सम्बन्धलाई दुवैले शुक्रबार विवाहमा परिणत गरेका हुन् ।
दरबारमार्गस्थित होटल याक एन्ड यतिमा आयोजित निता र हरिहरको वैवाहिक समारोहमा परिवारका सदस्य, आफन्त र सीमित साथीभाइ सहभागी थिए ।
दुई दिनअघि निता र हरिहरले मेहन्दी रसम गरेका थिए । जसमा अभिनेत्री रेखा थापालगायत सहभागी थिए । निता र हरिहरले आइतबार होटल याक एन्ड यतिमै रिसेप्सन पार्टी आयोजना गर्ने भएका छन् ।
क्याटेगोरी : फिचर, मनाेरञ्जन शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस