अबेको हत्याको छायाँबीच जापानमा निर्वाचन
टोकियो, २६
पूर्वप्रधानमन्त्री शिन्जो आबेको चुनावी प्रचारका क्रममा हत्या भएको दुई दिनपछि जापानी मतदाताहरूले आइतबार माथिल्लो सदनको चुनावमा आफ्नो मतदान गरेका छन् । आबेको सत्तारुढ लिबरल डेमोक्रर्याटिक पार्टीले आफ्नो बहुमत बढाउने अपेक्षा गरिएको जारी चुनाव हत्याको छायाँमा परेको छ ।
विभत्स हत्याले प्रजातान्त्रिक पक्रिया अवरोध नहुने प्रधानमन्त्री फुमिको किसिदा र अन्य राजनीतिज्ञहरूले बताउँदै आएका छन् । ‘चुनावका क्रममा आवाज दबाउन हामीले कहिल्यै पनि हिंसालाई अनुमति दिनु हुन्न’, उनले भने ।
उनले टोकियोस्थित आबेको घरमा शोक व्यक्त गरेका छन । अबेको शव शनिबार दिउँसो पश्चिमी जापानको अस्पतालबाट घरमा लगिएको थियो । अबेको हत्यापछि सम्पूर्ण देश नै स्तब्ध बनेको छ । उनको हत्याको विश्व नेताले निन्दा गरेका छन् ।
क्याटेगोरी : डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस