सुडानमा व्यभिचारको आरोपमा २० वर्षीय युवतीलाई मृत्युदण्ड !
खार्तुम, ३० असार
सुडामा एक युवतीलाई व्यभिचारको आरोपमा ढुंगाले हानेर मृत्युदण्डको सजाय सुनाइएको छ । करिब एक दशकमा पहिलो पटक सुडानमा यस्तो सजाय सुनाइएको हो ।
सुडानको ह्वाइट नाइल राज्यको प्रहरीले गत महिना २० वर्षीया मरियम अलस्यद तिराबलाई फौजदारी अदालतमा जुन २६ मा सजाय सुनाउनुअघि पक्राउ गरेको थियो । फैसलाविरुद्ध उनले उच्च अदालतमा अपील गरेकी छिन् ।
पीडितको कानुनी प्रतिनिधि उपस्थित गर्न नदिएको र प्रहरीबाट औपचारिक उजुरी नलिई मुद्दाको सुनुवाइ गरिएको भन्दै मानवअधिकार समूहहरूले उनीमाथि दिइएको सजायको विरोध गरेका छन् ।
सुडानमा इस्लामिक कानुमा रहेर सजाय दिइन्छ । विशेष गरी दोषीलाई हात तथा खुट्टा काट्ने गरिन्छ । दुर्लभ अवस्थामा मात्र मृत्युदण्डको सजाय दिइन्छ । गत वर्ष देशको सेनाले सत्ता कब्जा गरेपछि सुडानमा महिला अधिकार कटौती भइरहेको भन्दै त्यसप्रति चिन्ता व्यक्त हुन थालेका छन् ।
युगान्डामा रहेको अफ्रिकी सेन्टर फर जस्टिस एण्ड पिस स्टडीज (एसीजेपीएस)ले तिराबलाई तत्काल र बिना शर्त रिहाइ गर्न आह्वान गरेको छ । सरकारले घरेलु र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको आरोप लगाएको छ ।
क्याटेगोरी : डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस