‘लालसिंह चड्डा’ को पाँच सेकेन्डको गीत खिच्न ४५ दिन
मुम्बई, ३१ असार
आमिर खानको फिल्म ‘लालसिंह चड्डा’ आगामी ११ अगस्टमा रिलिज हुँदैछ । फिल्मको निर्माणका यसको कथासँगै संगीत पक्षले पनि महत्वपूर्ण भूमिका खेलेको छ । फिल्मको नयाँ गीत ‘तुर कलेयाँ’ शुक्रबार रिलिज हुँदैछ ।
यो गीत सबैभन्दा लामो सट्स सिक्वेन्समा छ । पाँच सेकेन्डको यो सट्सलाई खिच्न प्राविधिक टिमलाई झन्डै ४५ दिन लागेको थियो । यो गीतको दृश्य कश्मीरदेखि कन्याकुमारीसम्म खिचिएको छ । गीतले भारतको विभिन्न भौगोलिक परिस्थितिहरू र स्थलका तस्विरलाई प्रस्तुत गरेको छ ।
टिमका अनुसार यो गीत सुटिङ भइरहँदा आमिरको घुँडामा निकै दुखाई भएको थियो । उनले दुखाई काम गर्ने औषधि सेवन गरेर सुटिङ गरेका थिए । सुटिङभर आमिरले एक फिजियोथेरापिस्टलाई सँगै राखेका थिए ।
फिल्मको निर्देशक अद्वैत चन्दनले गरेका हुन् । फिल्ममा करीना कपूर खान प्रमुख भूमिकामा छिन् । यो फिल्म हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो । यसको अडेप्टेसन अतुल कुलकर्णीले गरेका हुन् । फिल्ममा तेलुगू स्टार नागा चैतन्य अहं भूमिकामा छन् ।
क्याटेगोरी : कला शैली, डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस