कहाँ छिन् ‘कन्ट्रोभर्सी क्वीन’ वीना मलिक ?
मुम्बई, ३२ असार
बिग बोस सिजन ४ मा आफ्नो सुन्दरता रोमान्टिक अन्दाजले दर्शकको मन जितेकी वीना मलिक सायदै सबैले भुलेका होलान् । अश्मित पटेलसँग बीबी हाउसमा उनको रोमान्सले शोको टीआरपी बढेको जगजाहेर नै छ ।
आफ्नो सुन्दरता र बेवाक शैलीका कारण लोकप्रिय बनेकी पाकिस्तानी अभिनेत्री मलिक अहिले कहाँ, के गर्दैछिन् भन्नेमा आमचासो छ ।
वीनाले कैयौं पाकिस्तानी र बलिउड फिल्ममा काम गरेकी छन् । उनले पाकिस्तानी फिल्म ‘तेरे मेरे प्यार मे’बाट अभिनयमा पाइला चालेकी थिइन् । त्यसपछि उनी ‘ये दिल आपका हुआ’, ‘कोई तुझ सा कहाँ’, ‘क्यो तुमसे इतना प्यार है’ जस्ता फिल्ममा देखिइन् ।
बलिउडमा उनले सन् २०१२ मा ‘दाल मे कुछ काला है’मा अभिनय गरिन् । त्यसपछि उनी ‘सुपरमोडल’, ‘जिन्दगी ५०-५०’, ‘मुम्बई १२५केएम थ्रीडी’ जस्ता फिल्ममा देखिइन् । भारतमा वीनालाई बिग बोसले चर्चामा ल्यायो । उनले सन् २०१४ मा अन्तिम तेलुगू फिल्म ‘नंग्ना सित्यम’ मा अभिनय गरिन् । अहिले उनले शोबिज उद्योगबाट दूरी बनाएकी छन् ।
वीना अहिले पाकिस्तानमै छिन् । उनलाई त्यहाँ दर्शकले ‘कन्ट्रोभर्सी क्वीन’ नामले चिन्छन् । उनले सन् २०१३ मा व्यापारी असद बशीर खानसँग विवाह गरेकी थिइन् । तर सन् २०१८ मा उनीहरूको डिभोर्स भयो । दुई सन्तान सन्तानसँगै उनी हाल पाकिस्तानमा छिन् ।
क्याटेगोरी : कला शैली, मुख्य समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै

प्रतिक्रिया दिनुहोस