सिसेक्वा तङनाम मनाउँदै लिम्बू समुदाय
लिम्बु समुदायका आफ्नै मौलिक पर्व छन् । तङनाम अर्थात् पर्वहरूमध्ये सिसक्वा तङनाम पनि लिम्बुहरूको एक पर्व हो ।
१ साउनमा लिम्बू समुदायले यो पर्व मनाउँदै आएका छन् । याे समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुन्ड्याउने परम्परा छ ।
लिम्बुहरूले सिसेक्वा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वनजंगलतिर गई साउने सिसेक्पा तङ्नामका लागि आवश्यक अन्न, फलफूल र पातलगायतका वस्तुहरू संकलन गरी ल्याउने गर्छन् । जसलाई दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुन्ड्याउने चलन रहेको नेपाल आदिवासी जनजाति संंघ तेह्रथुमका अध्यक्ष टीआर सेनेहाङले बताए ।
सबै परिवार मिलेर अलिक सबेरै आफ्नो घरमा भएको अन्न, फलफूल र अन्य परिकार बनाएर खानपिन गरी रमाइलो गर्दछन् । सिसेक्वा तङ्नामका दिन साँझपख गाउँघरमा मीठो-मसिनो खानपिन गरिसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासि बन्दुक पड्कन्छन् । थाल, झ्याम्टा, नाङ्लो र ढोल बज्छन्।
प्रत्येक घरका हिँड्डुल गर्न सक्ने बच्चादेखि युवायुवतीले घरमूली बूढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घर वरिपरिसमेत घुमेर यी सामग्री बजाउँदै केही खराब तत्वलाई घरभित्रबाट बाहिरतिर खेदाएर निकाल्ने गरिन्छ ।
किसानका छोराछोरीले आफ्नै मातृभाषामा ‘सङ्क्रान्ति जाऊ, मङ्क्रान्ति आऊस अनिकाल जाऊ, सहकाल आऊ’ भन्ने आदि भावमा अनिकाल वा दुःख-पीडालाई त्यसरी पर्वको रूपमा मनाउँदै आएको लिम्बू भाषा तथा संस्कृति विकास केन्द्रका अध्यक्ष दिल पाक्साँवाले बताए ।
आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी जनजाति पूर्वका लिम्बूहरूले साउने सङ्क्रान्ति पर्वलाई सिसेक्वा तङ्नामको रूपमा मनाउँदै आएका किराँत याक्थुङ चुम्लुङ तेह्रथुमका सचिव राजकुमार तेयुङले बताए । पछिल्लो समय आफ्नाे मौलिक पर्व संरक्षणमा लिम्बू समुदाय जुट्न थालेका छन् । स्थानीय सरकारले समेत बिदा दिन सुरु गरेको छ ।
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस