• जीवनशैली | Jiwanshaili
  • साउनको पहिलो सोमबार, शिव मन्दिरहरुमा भक्तजनको भीड


    आज साउनको पहिलो सोमबार, हिन्दु शिव मन्दिरहरुमा हिन्दु धर्मावलम्बीहरुको भीड लागेको छ । यसैगरी पशुपतिनाथको मन्दिरमा पनि आज बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

    हिन्दुधर्मालम्वीहरुले महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा पशुपतिनाथ लगायतका मन्दिरहरुमा भक्तजनको भीड लागेको हो । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।


    क्याटेगोरी : चाडपर्व विशेष

    प्रतिक्रिया दिनुहोस