• जीवनशैली | Jiwanshaili
  • सुडानको जातीय हिंसामा १०५ जनाको मृत्यु


    खार्तुम, ५ साउन

    सुडानको ब्ल्यु नाइल राज्यमा जातीय हिंसामा १०५ जनाको मृत्यु भएको छ । हिंसामा २९१ जना घाइते भएका  राज्यका स्वास्थ्यमन्त्रीले बुधबार जानकारी दिएका छन् ।
    इथियोपिया र दक्षिण सुडानसँगको सिमानामा रहेको दक्षिणी राज्यमा जुलाई ११ मा बर्टी र हौसा जातीय समूहका सदस्यहरूबीच झडप भएको थियो । ‘स्थिति अहिले शान्त छ,’ स्वास्थ्यमन्त्री जमाल नासेरले भने ।

    शनिबारदेखि सेना परिचालन भएपछि झडप नियन्त्रणमा आएको उनले बताए ।


    क्याटेगोरी : डायाेस्परा

    प्रतिक्रिया दिनुहोस


    थप समाचार