• जीवनशैली | Jiwanshaili
  • पाल्पामा बस दुर्घटना: ६ जनाको मृत्यु


    पाल्पा, ८ साउन

    पाल्पामा बस दुर्घटनामा हुँदा ६ जनाको मृत्यु भएको छ ।

    गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस आइतबार साँझ पाल्पाको लघुवामा सडकबाट तल खसेको हो ।

    मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष रहेको पाल्पाका एसपी जनकबहादुर शाहीले जानकारी दिए ।

    १७ जना घाइतेलाई उद्धार गरी तानसेन पठाइएको छ । प्रहरी स्थानीयले उद्धारको काम गरिरहेका छन् । मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने बताइएको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार

    प्रतिक्रिया दिनुहोस


    थप समाचार