फिल्म नचल्दा आर्थिक संकट झेलेका यी बलिउड स्टार
काठमाडौं, १२ साउन
कलाकारको सफलताको सूचक मापक उसको नाम र दाम नै हो । तर कहिलेकाहीँ नाम भएर पनि दामले साथ नदिँदा ती कलाकारको जीवन संकटग्रस्त बन्न पुग्छ । बलिउडमा यस्ता केही कलाकार छन्, जो कलाकारितामा लोकप्रियता कमाए पनि कुनै समय फिल्मकै कारण चरम आर्थिक संकट परे ।
राज कपुर
राज कपुर बलिउडका प्रभावशाली सुपरस्टारको सूचीमा पर्ने अभिनेता हुन् । उनी अभिनयसँगै फिल्म निर्माण र निर्देशनमा उत्तिकै पोख्त थिए । सन् १९७० मा रिलिज उनको फिल्म ‘मेरा नाम जोकर’ बक्स अफिसमा पूर्ण रूपमा असफल रह्यो । यो फिल्म असफल हुँदा उनले करोडौं रुपैंयाँ घाटा व्यहोर्नुपरेको थियो ।
शाहरुख खान
बलिउडका ‘किङ खान’का रूपमा परिचित शाहरुखले आफ्नो करियरमा कैयौं उतारचढावको सामना गर्नुपरेको छ । फिल्म ‘रा.वन’को असफलतापछि उनी ठूलो आर्थिक संकटमा परेका थिए ।
अमिताभ बच्चन
अमिताभ बच्चनले आफ्नो ब्लगमा सन् २००० को घटनाको स्मरण गरेका छन् । ‘सन् २००० मा सारा विश्व नयाँ वर्ष मनाइरहँदा म आफ्नो दुर्भाग्य मनाउँदै थिए । मसँग फिल्म, पैसा र कम्पनी केही थिएन’, उनले लेखेका छन् ।
प्रीति जिन्टा
सन् २००० को प्रारम्भमा अभिनेत्री प्रिती जिन्टा बलिउडमा राम्रै चम्किइन् । सन् २०१३ मा उनले फिल्म ‘इश्क इन पेरिस’ निर्माण गरिन् । जुन बक्स अफिसमा फ्लप साबित भयो । फिल्म फ्लप भएसँगै उनी चरम आर्थिक संकटमा परिन् । यो बेला उनलाई मिल्ने साथी सलमान खानले सहयोग गरेका थिए ।
क्याटेगोरी : मनाेरञ्जन शैली, मुख्य समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै

प्रतिक्रिया दिनुहोस