सुशान्तको तस्बिरअंकित टिसर्ट बहिस्कारको माग
एजेन्सी
फिल्म अभिनेता सुशान्त सिंह राजपूत दिवंगत भएको दुई वर्ष पुगेको छ । तर, आज पनि उनको तस्बिर देखेर फ्यानहरू भावुक हुन्छन् । सुशान्तको मृत्युलाई लिएर कैयौं कुरा बाहिर आए । कतिपयले उनलाई डिप्रेसन भएको, लागुऔषधको सेवन गर्ने गरेको र नेपोटिज्मको शिकारसम्म बनेको दाबी गरे । तर, सत्य कुरा केवल सुशान्तलाई मात्र थाहा थियो ।
उनका फ्यानहरू अहिले पनि सुशान्तले न्याय पाउनुपर्नेमा आवाज उठाइरहेका छन् । तर. अहिले भने उनका फ्यानहरू सुशान्तको तस्बिर दुरुपयोग गरिएको भन्दै रिसाएका छन् ।
अनलाइन सपिङ प्लेटफर्म फ्लिपकार्टमा बिक्रीका लागि एक टिसर्ट राखिएको छ । जहाँ सुशान्तको तस्बिर छापिएको छ । फ्यानहरूले उक्त तस्बिरभन्दा पनि तस्बिरमा लेखिएको कुराप्रति आपत्ति जनाएका छन् । टिसर्टमा सुशान्तको तस्बिरसँगै ‘डिप्रेसन डुब्नु जस्तै हो’ भनी लेखिएको छ ।
फ्यानहरूले टिसर्टमा लेखिएको वाक्यले सुशान्तले डिप्रेसनका कारण आत्महत्या गरेको भन्ने अर्थ लगाएका छन् । उनीहरू यो अर्थलाई झुटो दाबी गरिरहेका छन् । सोहीकारण टिसर्ट बहिस्कारको अभियान चलाएका छन् ।
क्याटेगोरी : डायाेस्परा, मनाेरञ्जन शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस