जापानमा बाँदर आतंक, मान्छेलाई हमला गर्ने बाँदरलाई गोली हानेर मारियो
एजेन्सी
टोकियो, १२ साउन
जापानी सहरका बासिन्दाहरूलाई हप्तासम्म आतंकित गर्ने बाँदरहरूको गिरोहमध्येको एउटालाई पक्राउ गरी मारिएको अधिकारीहरूले बताएका छन् । उक्त भाले बाँदरलाई मंगलबार साँझ उच्च विद्यालयको मैदानमा विशेष कमिसनका शिकारीले फेला पारेका थिए । सुरुमा यसलाई बेहोस पारिएको थियो । त्यसपछि उक्त बाँदरलाई मारिएको थियो । मकाकले झण्डै ५० जनालाई घाइते बनाएका छन् ।
करिब ३ साताअघि वयस्क र बालबालिकामाथि आक्रमण सुरु भएदेखि अधिकारीहरूले बाँदरको शिकार गरिरहेका छन् । बाँदरले हल्का चिर्तोनेदेखि टोक्नेसम्म गरेका छन् । आक्रमणकारी बाँदरका अन्य सदस्यहरूको खोजी जारी रहेको अधिकारीहरूले बताएका छन् ।
आक्रमणकारी अन्य बाँदरहरूको पनि खोजी भइरहेको प्राप्त विवरणमा जनाइएको छ । ‘प्रत्यक्षदर्शीहरूले विभिन्न आकारका बाँदरले हमला गरेको बताएका छन् । नयाँ आक्रमणको रिपोर्टहरू पाइरहेका छौं’ कृषि मन्त्रालयका एक अधिकारीको भनाइ उदृत गर्दै एएफपीले जनाएको छ ।
सुरुमा केटाकेटी र महिलालाई मात्र आक्रमण हुने गरेकोमा बाँदरले पछिल्ला दिनमा वृद्ध र वयस्क पुरुषहरूलाई पनि निशाना बनाएको प्राप्त विवरणमा जनाइएको छ ।
क्याटेगोरी : डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस